Gaule News
शुक्रबार, बैशाख ३१, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

पासाङ ल्हामु स्मृतीमा भलिबल आयोजना

पासाङ ल्हामु स्मृतीमा भलिबल आयोजना

काठमाडौं । सगरमाथा आरोही राष्ट्रिय विभुति प्रथम महिला पासाङ ल्हामु शेर्पा स्मृती कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

खेलको माध्यमबाट पर्यटन प्रवर्धन, महिला शसक्तिकरण, समानताको आवाज बुलन्द गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा बैशाख ८, ९ र १० गते भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिन बैशाख १० गतेलाई प्राथमिकतामा राखेर फाईनल खेल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा आयोजना गरिने आयोजकले बताईएको छ ।

विजेताले उपाधि सहित १ लाख उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, रेजर र सेटरलाई समेत पुरस्कृत गरिने आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाले महिलालाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको बताए ।

‘मैले योजनामात्र राखेको हुँ । सबैले सकारात्मक तरिकाले सहयोग गर्नुभएको छ । भलिबल संघसंग मैले ठुलो आशा राखेको छु ।’ उनले भने ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा काम गर्ने सँगै सहयोग गर्न तयार रहेको बताए ।

प्रतियोगितामा सहभागीता जनाउन महिलालाई ६ हजार र पुरुष टिमलाई ७ हजार दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ