Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुको थुलुङ दुधकोशिबाट सुरु भएको डढेलो खोटाङ पुग्यो

सोलुको थुलुङ दुधकोशिबाट सुरु भएको डढेलो खोटाङ पुग्यो

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ स्थित सिंहदेवी सामुदायिक वनबाट फैलिएको डढेलो खोटाङको जलेश्वरी प्रबेश गरेको छ । शुक्रबार बाट सुरु भएको आगो जलेश्वरीको चिमसारा जुकेपानी सामुदायिक वनमा प्रबेश गरेको स्थानीय निरकुमार पुरीले जानकारी दिए ।

पुरीका अनुसार चिमसारा जुकेपानी सामुदायिक वनको घना जंगल नष्ट भएर चिप्लिचउर सामुदायिक वन जलेश्वरीमा प्रबेश गर्ने सम्भावना रहेको छ । स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना लगायतको प्रयासमा बस्तिमा आगो प्रबेश गर्नबाट जोगाएको बताएको छ ।

आगोले सामुदायिक बनकोे साल, सल्ला, चिलाउने, उत्तिस लगायत प्रजातीका हजाँरौ बोटविरुवा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ