Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

नेकपा माओबादी केन्द्रले थुलुङ दुधकोशीमा खोल्यो कार्यालय

नेकपा माओबादी केन्द्रले थुलुङ दुधकोशीमा खोल्यो कार्यालय

सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिकामा नेकपा माओबादी केन्द्र सोलुखुम्बुको पालिका कमिटि कार्यालय स्थापना गरेको छ । बुधबार सदरमुकाममा सम्पन्न जिल्ला कमिटिको बैठकले ८ वटै पालिकामा कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै आज थुलुङदुधकोशीको वडा नम्बर ६ मुक्लिमा कार्यालय खोलेको हो ।

मुक्लिमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख धर्मराज बन र गाउपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै समन्वय समिति उपप्रमुख बनले माओबादीले परिवर्तनको एजेण्डा स्थापित गरेको भन्दै फेरी एकपटक जनताको एजेण्डा बोक्ने मौका पार्टीलाई आएको बताए ।

नेकपा माओबादी केन्द्रका युवा नेता तथा गाउँपालिका अध्यक्ष असिम राईले आफु निर्वाचित भए पछि पालिकाको बृहत्तर र जनमुखि विकास गर्दै नमुना पालिका बनाएको भन्दै आफ्नो पार्टीले आगामि निर्वाचनमा सिंगो जिल्लाका जनताको मन जित्ने दाबी गरे ।

गाउँ कमिटि अध्यक्ष घनश्याम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता रामसंर्घष किराँती लगायतले धारणा राखे । अब पालिकाका ९ वटै वडामा कार्यालय खोल्ने उक्त पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ