Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सवारी लाइसेन्स : लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने

  • Gaule News
  • सोमवार, माघ २६, २०७७
सवारी लाइसेन्स : लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो । विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ