Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

दमक । झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।

क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर शुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो । कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ । नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्यक्ष सेलिङ केसीले बताउनुभयो । शिवसताक्षी क्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले पाँच वर्षअघि सो क्लब स्थापना गरेका हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ