Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

नेकपा ओली समूहको सोलु-काठमाण्डौ संपर्क मन्चको अध्यक्षमा श्रेष्ठ

नेकपा ओली समूहको सोलु-काठमाण्डौ संपर्क मन्चको अध्यक्षमा श्रेष्ठ

काठमाण्डौ । सोलुखुम्बुबाट काठमाडौं आइ बसोबास गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह समर्थकहरुको मंगलबार धुम्बाराहिमा भेला सम्पन्न भएको छ ।

उत्त भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको सोलु-काठमाण्डौ सम्पर्क मन्च पुनर्गठन गरी कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय सम्पर्क कमिटी गठन गरेको हो ।

उपप्रधानमन्त्री तथा पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लिलाबहादुर थापामगर, प्रदेश नं १ सम्पर्क समन्वय कमिटीका इन्चार्ज किशोर अधिकारी, केन्द्रीय सदस्य एबम् प्रदेश १ संसदीय दलका नेता बुद्धिकुमार राजभण्डारी, केन्द्रीय सदस्य मानबहादुर राई, उत्तम बस्नेत, प्रदेश कमिटी सदस्य महेश किराँती, जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, नेपाल उद्योग तथा ब्यबसायी महासंघ केन्द्रीय सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठ र माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले शुभकामना मन्तब्या राखानुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ