Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बु माप्यमा एक महिला माथी खुकुरी प्रहार

सोलुखुम्बु माप्यमा एक महिला माथी खुकुरी प्रहार

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–६ वाप्साकी एक महिला माथि खुकुरी प्रहार भएको छ । सोमबार साँझ स्थानिय ५५ वर्षिया कुमारी रेग्मी मगरमाथि ७३ वर्षिया सिंह बहादुर रेग्मी मगरले खुकुरी प्रहार गरेको वाकु प्रहरी चौकी इन्चार्ज मनोज कुमार यादबले जानकारी दिए ।

खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । घाईतेको वाकु स्वास्थ्य चौकीमा उपचार भईरहेको र थप उपचारको लागि जिल्ला अस्पातल फाप्लु पठाउने तयारी गरिरहेको प्रहरी इन्चार्ज यादबले बताए ।

घाँसको विषयमा विवाद हुँदा उहाँ माथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहार गर्ने सिंह बहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको पनि वाकु पहरी चौकिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ