Gaule News
सोमवार, फाल्गुन २४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

छेस्काम माविका निर्वतमान व्यवस्थापन समिति अध्यक्ष माथी आक्रमण

भौतिक संरचना तोड,फोड

छेस्काम माविका निर्वतमान व्यवस्थापन समिति अध्यक्ष माथी आक्रमण

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउपाली स्थित छेस्काम माध्यमिक विद्यालयका निर्वतमान अध्यक्ष विद्याराज कुलुङ माथी आक्रमण भएको छ ।

शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै निर्वतमान अध्यक्ष कुलुङ माथी आक्रमण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्याराज शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पनि उम्मेद्धार बनेका थिए । उनी किशोर कुलुङसंग करिब ३० मतले पराजित बनको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका प्रध्यानाध्यापक गुरु थुलुङका अनुसार विजयी समूहलाई स्वागतको तयारी गरिरहेको बेला सोही कार्यक्रममा सहभागी बन्न प्रशासन कक्षमा रहेका विद्याराज माथी व्यवस्थापन समितिका विजयी समूह पक्षघरका यूवाहरुले आक्रमण गरेका हुन् ।

आक्रमणमा उत्रेका समूहले निर्वाचनमा हार व्यहोरेका विद्याराज पक्षघरले हानेको ढुंगाबाट एक महिला घाइते भएको भन्दै आरोप लगाएका थिए । सोही आक्रोशित भिडले निर्वतमान व्यवस्थापन समिति अध्यक्ष कुलुङलाई आक्रमण गरेको प्रध्यानाध्यापक थुलुङले बताए ।

गम्भिर घाइते विद्याराजको उपचारका लागि महाकुलुङ प्राथमिक अस्पताल बुङ ल्याइएको छ । व्यक्तिमाथी आक्रमण गरेका समूहले विद्यालयको कार्यलय तथा भौतिक संरचना समेत तोडफोड गरेका छन् ।

सिसि क्यामराको स्कृन फोरिएको छ भने रेकर्डर आक्रमणकारी समूहले लगेको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ । डेल कम्पनीका ३ थान ल्यावटप हराएको छ भने ढोका र टेवुलमा क्षति पुगेको छ । विद्यालयको छानामा समेत क्षति पुगेको विद्यालयले जनाएको छ ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई जानकारी गराइएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली परिचालित बनेको स्रोतले बताएको छ । घटना शनिबार राति ९ देखि १० बजेको पेरिफेरीमा घटेको हो ।
साभार: हिमाल एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ