Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

नेपाल पत्रकार महासङ्घद्वारा सञ्चार क्षेत्रका समस्या समाधानका लागि माग

नेपाल पत्रकार महासङ्घद्वारा सञ्चार क्षेत्रका समस्या समाधानका लागि माग

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ । शाखाका अध्यक्ष शन्तराम बिंडारीको नेतृत्वमा पत्रकारले सिंहदरबारमा मन्त्री गुरुङलाई भेटी कोभिडपछि पत्रकारिता क्षेत्रमा आएको चुनौती, स-साना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई संरक्षण, उपचार कोष वृद्धि, सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई स्थायी हुनका लागि लिइने सेवा आयोगका परीक्षामा उमेर हद लगाउन नहुनेलगायत माग गरेका छन् ।

ध्यानाकर्षणपत्र बुझेपछि सरकारका प्रवक्ता गुरुङले पत्रकारिता क्षेत्र मर्यादित तथा व्यवस्थित बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारकर्मीले आचारसंहिता कार्यान्वयन गरी जिम्मेवार बन्न आग्रह गरे । उहाँले पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफू लागि पर्ने आश्वासन पनि दिए ।

अध्यक्ष बिंडारीले मन्त्रालयले हालै जिल्लाबाट प्रेस प्रतिनिधि परिचयपत्र, प्रदेशबाट अनलाइन दर्ता तथा म्याद थपको व्यवस्था मिलाएकामा सराहना गर्दै १६ बुदे माग तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ