Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

काठमाण्डौ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक/एकजनामा सङ्क्रमण देखिएका छन् ।

प्रदेशमा सोही अवधिमा ८० जना सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ