Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

बागमतीसँग जोडियो सोलुखुम्बुको लिखुपिके

काठमाडौंभन्दा सदरमुकाम टाढा

बागमतीसँग जोडियो सोलुखुम्बुको लिखुपिके

सोलुखुम्बु । बागमती प्रदेशको रामेछाप र प्रदेश नं. १ को सोलुखुम्बु जिल्ला लामो समयपछि मोटरेबल पुलमार्फत जोडिएका छन् । नेपाल सरकारको लगानीमा विगत लामो समयदेखि पुल नर्मिाणको कार्य सुरु भएको भए पनि ठेकेदार कम्पनि र तत्कालीन जनप्रतिनिधिहरुको बेवास्ताका कारण पुल निर्माणमा ढिलाई भइरहेको थियो । संघीय संरचनामा देशले प्रवेश गरेसँगै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ र लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत ‘शान्त’को अथक पहलपश्चात पुल संचालनमा आएको हो । सो पुलको शनिबार सांसद हेमकुमार राईले उद्घाटन गरेका थिए ।

पुलको उद्घाटनसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्य्रीय सदस्य समेत रहेका सांसद हेमकुमार राईले भने, ‘ठूलो मेहेनत र पहलले यो पुल निर्माण भएको छ । अुसी व्यक्त गर्दै तपाईं लिखुपिकेवासी जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’
रामेछाप र साुलुखुम्बुको सीम हुँदै बग्ने लिखु खोलाको सोतीमा निर्मित पुल संचालनमा आएसँगै संघीय राजधानी काठमाडौंसँग जोडिन जिल्लाको लिखुपिके गाउँपालिकावासीलाई सहज हुने भएको छ । यसअघि त्यस क्षेत्रका नागरिकहरु रामेछापको बाम्ती भण्डारसम्म पैदल हिँड्न बाध्य रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए । ४० मिटर लामो पुल उद्घाटनको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत ‘शान्त’, उपाध्यक्ष प्रमिला बस्नेत र वडाध्यक्षलगायका जनप्रतिनिधि तथा स्थानीयको व्यापक उपस्थिति रहेको थियो ।

लामाजुरा पास हुँदै सल्लेरीसम्म सडक जोडिनेवित्तिकै यस गाउँपालिकाका नागरिकहरुलाई जिल्ला सदरमुकाम जान र जिल्लाको अन्य क्षेत्रका नागरिहरु काठमाडौंलगायतको स्थानमा जानका यो पुल महत्वपूर्ण रहनेछ । तर, यस गाउँपालिकाका नागरिकलाई भने काठमाडौं पुग्नुभन्दा जिल्लाको सदरमुकाम सल्लेरी पुग्नु टाढा पर्ने गरेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद राईको पहलमा हाल लिखुपिके र सोलुदुधकुण्ड नगरपालिकाको सीमा क्षेत्र लामाजुरामा सडक जोडिने अवस्थामा पुगेको छ । हाल भने यस गाउँपालिकाका नागरिकहरुलाई जिल्ला सदरमुकाम जानको लागि रामेछापको मन्थली, सिन्धुलुको खुर्कोट, उदयपुरको घुर्मी र ओलढुंगाको बाटो घुम्नुपर्ने बाध्यता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ