Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

संसद विघटनको विरोधमा कांग्रेसद्धारा सल्लेरीमा बिशाल प्रदर्शन

संसद विघटनको विरोधमा कांग्रेसद्धारा सल्लेरीमा बिशाल प्रदर्शन

सोलुखुम्बु । संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेस श्रोतले जनाएको छ । उक्त्त कार्यक्रम अन्तर्गत सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पनि विरोध प्रर्दशन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको पार्टी कार्यालय बसन्तबजारबाट सुरु भएको विरोध र्‍याली सल्लेरी बजार परिक्रमा गरि जिल्ला प्रसाशन कार्यालय अगाडी पुगेर कोणसभामा परिणता भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री बलबहादुर के.सी.ले अस्थिरता र अराजकताको जढ नेकपा नेतृत्वको सरकार भएकाले सबै प्रकारको प्रतिगमनको जिम्मा नेकपाले लिनुपर्ने बताए ।

ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई नै प्रहार गरेकाले यसलाई बचाउने दायित्व कांग्रेसको काधमा आएको नेता केसिले बताए । यस्तै जिल्ला सभापति विनोद कुमार बस्नेतले बर्तमान सरकारको कार्यशैलीका कारण गाउँगाउँमा भ्रष्टचार मौलाईरहेकाले खबरदारीमा उत्रन कार्यकर्तालाई आह्वान गरे ।

नेता प्रकाश सिंह कार्कीले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले संविधानमाथी नेकपा सरकारले गरेको प्रहार सहेर बस्न नसक्ने बताए । कार्यक्रममा कांग्रेस सम्बद्ध नेता तथा कार्यकता, जनप्रतिनिधि लगायतका ब्याक्तिहरुको सहभागिता रहेको कांग्रेस सोलुखुम्बुका सदस्य एवं सुचना सञ्चार तथा प्रचार विभाग प्रमुख नविन थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ