Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

माप्यदुधकोशी गाउँपालिकामा हस्पिटलको उद्घाटन

माप्यदुधकोशी गाउँपालिकामा हस्पिटलको उद्घाटन

सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थित खास्ताबमा गाउँपालिका प्राथमिक हस्पिटलको उद्घाटन सम्पन्न भएको छ ।
यो भन्दा अगाडि आर्युबेदिक शाखाको बिस्तार पनि गएिको थियो । प्रसस्त स्वास्थ्य सम्बन्धि भौतिक संरचना तथा जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिरहेको थिएन । हाल एक जना एम.बि.बि.एस. डाक्टरको प्रत्यक्ष संलन्नतामा रहि १५ जना जनशक्ति सहित द्रुत गतिले स्वास्थ्या सेवा उपलब्ध हुने भएको हो ।
स्वास्थ्या जस्तो सम्वेदनशील विषयको लागि अब जिल्ला हस्पिटल फाप्लु तथा नजिकैको ओखलढुण्गा हस्पिटल जाने झण्झडबाट मूक्त भएको छ । यस गाउँपालिका प्राथमिक हस्पिटलले साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरीलाई सुविधासम्पन्न आँखा क्लिनिक समेतको सेवा प्रवाह गर्ने कार्यक्रम उद्घाटनका बीच गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
यहाँका समुदाय, स्थानिय सरकार,प्रदेश सरकारको पहलमा यस प्राथमिक हस्पिटल सन्चालनमा भएको छ । जनसमुदाय,कर्मचारी विभिन्न पेशाकर्मी बुद्धिजिवीहरुको उपस्थितिमा प्रदेश सांसद “ख” माननीय बुद्धिकुमार राजभण्डारीले उदघाटन गरेका छन । कार्यक्रममा नेकपा सोलु अध्यक्ष मानवीर राई माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, माप्य दुधकोशी गाउपालिका नेकपा अध्यक्ष गौरब राई, माप्य दुधकोशी गाउँपालिकाका वडाध्यक्षहरु र स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ