Gaule News
शनिबार, अशोज ३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा: के खुल्यो ? के खुलेन ?

उपत्यकामा खुकुलो भयो निषेधाज्ञा: के खुल्यो ? के खुलेन ?

काठमाडौं । काठमाडौं उपत्यका भोलि बिहीबारदेखि खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् ।

कोरोना (कोभिड-१९) को संक्रमण बढेसँगै उपत्यकामा भदौ ४ बाट निषेधाज्ञा जारी गरिएको थियो । सुरुको दुई साता कडा गरिएको निषेधाज्ञाको तेस्रो साता भने निश्चित समय तोकेर निर्माण सामाग्री ढुवानी तथा बिक्री वितरण खुला गरिएको थियो ।

उक्त्त निषेधाज्ञा बिहीबारदेखि थप सहज हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थिति मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ