Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुको माप्य दुधकोशीमा पहिरोमा परी तीन घाईते

एक जनाको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बुको माप्य दुधकोशीमा पहिरोमा परी तीन घाईते

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ वाकुमा पहिरोमा परी तीनजना घाईते भएका छन् । गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत उद्धार गरी आज काठ्माण्डौ लगिएको छ ।

माप्यदूधकोशी गाउँपालिका–६ वाकुको वाप्सामा एक जनाको मृत्यू भएपछि दाहसंस्कार गर्न खोलमा गएको र फर्कने क्रममा बाटोमा करिब ५० मिटर माथिबाट ढुङ्गा खसेर लाग्दा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

गम्भिर घाइते हुने माप्यदूधकोशी गाउँपालिका–६ वाकुका ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत मङ्गलबार उद्धार गरिएको हो । उहाँको देब्रो खुट्टा, देब्रे हात र टाउकोमा चोट लागेको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगरले बताए ।

अर्का २५ बर्षिय जीतबहादुर रजानमगरको दाहिने खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । २३ बर्षिय मदन मगरको अवस्था भने सामान्य भएकाले घरमै सामान्य उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ