Gaule News
आइतवार, अशोज ४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

जगत मर्दन थापाको स्वरमा ‘फूलमाया…’ (भिडियोसहित)

मोहित मर्दन थापाको प्रस्तुतिमा वरिष्ठ गायक जगत मर्दन थापको नयाँ गीत ‘फूलमाया हेर्थिन मलाई…’ सार्वजनिक भएको छ ।

जगत मर्दन थापाको स्वरमा ‘फूलमाया…’ (भिडियोसहित)

गाउँले न्युज – काठमाडौं ,

मोहित मर्दन थापाको प्रस्तुतिमा वरिष्ठ गायक जगत मर्दन थापको नयाँ गीत ‘फूलमाया हेर्थिन मलाई…’ सार्वजनिक भएको छ । विवस वस्तीको शब्द रचना, मनोहर सुनामको एरेञ्ज, सङ्गीत र भोला पौडेलको मिक्सिङ/रेकर्डिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडीसी मार्फत सार्वजनिक गरिएको छ ।

यो गीत जगत मर्दन थापाको केही समयअघि सार्वजनिक एल्वम ‘म मक्किएको धुरी खाँबो’ समावेस छ । गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ केही समयअघि सार्वजनिक गर्नुभएको थियो ।

‘माया लुकाई लुक्दैन…’, ‘कोइलीले सम्झाइदियो…’ जस्ता लोकप्रिय गीतका अग्रज स्रष्टा सङ्गीतकार तथा गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा पनि नयाँ-नयाँ गीत स्रोता/दर्शकमाझ पस्किरहनु भएको छ । गायक थापाले केही समयअघि आधा दर्जन भन्दा बढी गीतको लाइभ प्रस्तुति पनि गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ