Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुको नेचासल्यन गाउँपालिकामा आगलागी, ८ लाख बराबरको क्षति

सोलुखुम्बुको नेचासल्यन गाउँपालिकामा आगलागी, ८ लाख बराबरको क्षति

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा न ३ का बलिमान बिकको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । चुलोबाट सल्किएको आगोले शुक्रबार राती १२ बजे घर जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बिकको एक तले घर जलेर नष्ट भएको छ । आगलागीमा परि घरमा भएको १ तोला सुन, चार तोला चादी सहित सम्पुर्ण धनमाल जलेर नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय नेचाबाट गएका प्रहरी टोली र स्थानियको सहयोगमा शनिबार विहान करिब ४ बजे मात्रै आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ