Gaule News
आइतवार, मंसिर २१, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

कुवेतमा नेपाली सहित सात देशका नागरिकलाई प्रवेशमा रोक

कुवेतमा नेपाली सहित सात देशका नागरिकलाई प्रवेशमा रोक

गाउँले न्युज, काठमाडौं । (कोभिड १९) कोरोनाको संक्रमणको कारण देखाउदै नेपाली सहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।
कुवेत सरकारले १ अगष्टदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिकलाई प्रबेशमा रोक लगाएको हो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ