Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

दुई वर्षभित्र सोलुखुम्बुलाई अध्यारो मुक्त बनाउन सांसद राईको पहल

दुई वर्षभित्र सोलुखुम्बुलाई अध्यारो मुक्त बनाउन सांसद राईको पहल

गाउँले न्युज, सोलुखुम्बु । आगामि दुई वर्षभित्र सोलुखुम्बुलाई अध्यारो मुक्त बनाउनको लागि संघीय सांसद हेमकुमार राई ‘शुरबीर’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरि छलफल गर्नुभएको छ ।
सोलुखुम्बु जिल्लाको लागि आर्थिक वर्ष २०७७/०७८ मा ग्रामिण विद्युतिकरणका लागि ८ करेड बजेट बिनियोजन भएको सांसद हेम कुमार राई ‘शुरबीर’ को सचिवलयले जनाएको छ । विद्युतकिरणको कामलाई प्राथमिकताका साथ अघि बढाउनको लागि टेन्डर प्रक्रिया भैरहेको पनि सचिवालयले जनाएको हो ।
निर्देशक घिसिङसँगको भेटमा स्थानीय स्ततरमा सञ्चालित लधु जलविधुतको ब्यवस्थापन विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।
सांसद राई सँगको भेटमा नेकपा केन्द्रिय सदस्य राजेन्द्र बस्नेत, जिल्ला संमन्वय समिति अध्यक्ष विरकुमार राई, थुलुङ दुधकोशी गाँउपालिका अध्यक्ष असिम राई, युवा संघका केन्द्रिय सदस्य हेम चन्द्र थुलुङको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ