Gaule News
बुधबार, अशोज ७, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा सोलुखुम्बुका हर्कबहादुर राईसहित २७ जनाको आवेदन

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा सोलुखुम्बुका हर्कबहादुर राईसहित २७ जनाको आवेदन

गाउँले न्युज, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त सदस्यसचिवका लागि सोलुखुम्बुका हर्कबहादुर राई सहित २७ जनाको आवेदन परेको छ ।

गत असार १७ गतेदेखि नयाँ खेलकुद ऐन लागु भएसँगै राखेप नेतृत्वविहीन बनेपछि नयाँ ऐनअनुसार सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय खेलकुद परिषद्का पूर्वबोर्ड सदस्य इन्दिरा निरौला र परिषद्कै पूर्वकर्मचारी रिम रानाभाट सदस्य रहेका छन ।

गत शुक्रबार गठन भएको समितिले सदस्यसचिव नियुक्ति सम्बन्धी कार्यविधि बनाउँदै आवेदन पेस गर्न एक साताको समयसीमा तोकेको थियो । सो समयसीमा बिहीबार सकिएको छ । छनोट समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नेछ ।

सदस्यसचिवका लागि हर्कबहादुर राई सहित रोशन महर्जन, अनिल अधिकारी, मीना श्रेष्ठ, शिवराज भट्ट, लिलबहादुर थापामगर, रवि राजकर्णिकार, अच्युतम् लामिछाने, निलमसिंह वज्राचार्य, रमेशकुमार सिलवाल, मेघराज पौडेल र रामेश्वर श्रेष्ठले आवेदन दिएका छन् ।

यसैगरी अच्युत खनाल, मनबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी, किशोर शाही, अञ्जु श्रेष्ठ, सुदील शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनील नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरुङ छन् ।

को हुन हर्क बहादुर राई
हर्क बहादुर राई प्रदेश न १, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका वडान १ मा २०३२ जन्मनुभएको हो । तत्कालिन नेकपा एमालेका जिल्ला सचिव रहेका राई हाल नेकपाका कार्यालय सदस्य एवं कार्यालय सचिव हुन् साथै प्रदेश नम्बर १ मदन भण्डारी फाउन्ड्डेशन प्रदेश कमिटी सदस्यमा कार्यरत छन । उनले राष्ट्रिय खेलकुद परिषदमा २०५३ सालमा सहायक चौथो पदवाट सेवा प्रवेश गरी २०७२ सालसम्म विभिन्न पदमा रहेर काम गरेका छन् ।

राईले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्ययन गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ