Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

कविता-सहानुभूति 

बिमला राईको कविता

  • admin
  • बिहिबार, साउन १, २०७७
कविता-सहानुभूति 
बिमला राई चाम्लिङ

भित्तामा टासिंएर झुन्डिएको छस् ।
ए ऐना ! एका बिहानै तेरो अगाडी
ठिङ्ग उभिएर तँलाई हेर्छु ।
खोक्रो, रित्तो भएर
सम्झिन्छु अघिल्लो दिनको भोक

फुस्स उडेको मलिन अनुहार,
रात भरिको झरीले
ओबानो हुन नपाएका आखाहरु
लाली बिनाको ओठ
बिच बाटोमै सपनाहरू टुटेर
बिश्वासका घरहरू भत्केर
गर्ल्याम्मै ढल्न लागेको शिथिल शरीर
कम्ता नसुहाउने देख्दिनँ ।
आफैलाई नराम्री देख्छु
ध्रुव बिनाको ताराहरु झै

तर जब तँभित्र मेरो यी रुप देख्छु
उसैउसै अधुरा सपना पूरा गर्नु उठ्ने गर्छु ।
फेरि झल्यास्सै आमालाई सम्झिन्छु ।
अम्बो ! म त सेतै फुलिसकेछु।
साची आमालाई कस्तो होला ?

यहाँ भोको पेट भर्नुमा ब्यस्त छु ।
आफन्तहरु सबै पराई भैसके ।
हत्तेरी ! त्यै पनि
फेरि हत्तपत्त तलाई नै हेर्छु ।
मनमनै सोच्छु ,आमा सम्झाउने त छस्
तँलाई घरीघरी हेर्दा आत्मविश्वास बढ्छ ।
तैले कहिल्यै विश्वास तोडिनस्
न नराम्री, न गरिब भनेर होच्याइस्
बरु एउटा उर्जा थपिरहिस्

प्रिय ऐना,
तेरा सहानुभूति नै काफी
राम्री देखिनुलाई काम गर ?
तेरो लागि सफलताले पर्खिरहेको छ
कसैलाई बिन्ती नबिसाँ,
चीत्कार सुन्दैन यो भिडका मान्छेहरूले
यहाँ विश्वास तोड्ने मात्र छ ।
त्यसैले ………….
ठूलो मान्छे हैन, प्रिय मान्छे बन्नु ।
तेरो यो सहानुभूति प्रत्येक दिन सुन्छु ।
फेरि मेरा मरिसकेका ती
सपनाहरूको पछि दौडिन्छु ।
अनि तँलाई नै हेर्छु
आहा! आज कम्ता राम्री देखे ।

***

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ