Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

कुन्ती मोक्तानको बहुप्रतिक्षित म्युजिक भिडियो सार्जजानिक

बरिष्ठ गायिका कुन्ती मोक्तानको गीत 'सुन सुनौली' को ...

  • admin
  • मङ्लबार, जेष्ठ २७, २०७७
कुन्ती मोक्तानको बहुप्रतिक्षित म्युजिक भिडियो सार्जजानिक

 

जेठ २७, काठमाडौं – बरिष्ठ गायिका कुन्ती मोक्तानको गीत ‘सुन सुनौली’ को बहुप्रतिक्षित भिडियो सोमबार सार्वजानिक गरिएको छ ।

शिलाबहादुर मोक्तानको शब्द सिर्जना तथा संगीत संयोजन रहेको गीतको भिडियो सोमबार गायिका मोक्तानको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजानिक गरिएको थियो ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव कोइराला र नृप केसीले गरेका छन् । भिडियोमा दिक्पाल कार्की र निलिमा सुवेदीको अभिनय दर्शक-श्रोताले हेर्न पाउनेछन् ।

गाउँले इन्टरटेन्मेन्टले पोस्ट प्रोडक्सन गरेको सो म्युजिक भिडियोको छायाङ्‌कन गंगाराम राई र राजेन्द्र मोहोराले गरेका हुन् भने सम्पादन गंगाराम राईले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ