Gaule News
आइतवार, अशोज ४, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

नेपालले जारी गरेको नया नक्सामा आधारीत राष्ट्रिय गीत “कालापानी” सार्वजनिक

नेपालले जारी गरेको नया नक्सामा आधारीत राष्ट्रिय गीत “कालापानी”  सार्वजनिक भएको छ।

नेपालले जारी गरेको नया नक्सामा आधारीत राष्ट्रिय गीत “कालापानी”  सार्वजनिक

गाउँले न्युज – काठमाडौं,

नेपालले जारी गरेको नया नक्सामा आधारीत राष्ट्रिय गीत “कालापानी”  सार्वजनिक भएको छ।

रचनाकार तथा पर्यटन ब्यबसायि टेक बहादुर तमाङको शब्द/लय सन्कलन तथा कर्साङ लामाको संगीत सन्योजन तथा सन्कलनमा यो गीत बनेको छ। लकडाउनको समयमा पनि देशको परिस्थिती अनुसारको सिर्जना निकाल्न पाउदा खुसी लागेको तमाङले बताउनु भयो।

एनडिए मिडिया ग्रुप द्वारा निर्माण गरिएको यस् गीतमा सिता खपाङ्गी मगर, पवित्रा गुरुङ,आकाश लामा ब्लोन र टेक बहादुर तमाङको स्वर रहेको छ। जेरो सिरिज ग्रुप सुकेधाराको स्टुडियोमा रेकोर्ड गरिएको गीतलाई गाउले इन्टरटेनमेन्ट मिडिया ग्रुप प्रा लि द्वारा बनाइएको हो। जसमा गंगा राम राइ र देवराज गुरुङले संयुक्त रुपमा छायाङ्कन तथा सम्पादन गरेका छन ।
यस् भिडियो सुमन तामाङ र देवराज गुरुङको लगानिमा बनेको हो। एनडिए मिडिया ग्रुपका अध्यक्ष देवराज गुरुङ्ले यस् भिडियोलाई टिकटक भिडियो प्रतियोगिताका लागि पनि आव्हान गरिएको छ ।

भिडियो लिङ्क:- https://youtu.be/2XppSNWs744

टिकटक भिडियो प्रतियोगिताका लागि निम्नानुसार नियम हरु पालना गर्नु पर्ने छ।

१) गीतको कुनै पनि शब्दमा टिकटक बनाउनु पर्ने छ।

२) पुरस्कार प्राप्त गर्न १०००/- (एक हजार भन्दा बढी भ्युज आउनु पर्नेछ। १०००/- भ्युज भएमा रु ५०/- को रिचार्ज कार्ड जित्नु हुनेछ। साथै ५,०००/- भन्दा माथि भ्युजमा १००/- को रिचार्ज कार्ड १०,०००/- देखि ५०,०००/- सम्म भ्युजलाई २००/- को रिचार्ज कार्ड र ५०,०००/- देखि १,००,०००/- सम्म भ्युज भएमा ३००/- र सो भन्दा माथी भएमा आकर्षक उपहारको ब्यवस्था गरिएको छ।

३) आफुले बनाएको टिकटक भिडियोमा जब पुरस्कार प्राप्त गर्न सक्ने भ्युज हुन्छ त्यस पछि यस एनडिए मिडिया ग्रुपको अफिसियल फेसबुक पेजमा लिन्क पठाउनु पर्ने छ। र आफ्नो नाम,ठेगाना अनि रिचार्ज पठाउने आधिकारिक नम्बर पठाउनु पर्नेछ।

४) यस गीत राष्ट्रियता सम्बन्धि भएको हुदा धेरै भन्दा धेरै भन्दा धेरै भिडियो बनाइ सरकार समक्ष यो आवाज पुर्याइदिनुहोला र आकर्षक पुरस्कार जित्नु होला ।

५) बिजेताको फोटो तथा भिडियो हाम्रो पेज मार्फत सार्बजनिक गरिनेछ।

थप जानकारिको लागि एनडिए मिडिया ग्रुपको निर्देशक देबराज गुरुङ :- ९८४०७६२२०२ मा सम्पर्क गर्न सक्नु हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ