Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

तागाउ डाँडा नुवाकोटका युवाहरुले राहात बितरण गर्दै

स्थानिय सरकारले नगरेको काम गर्दै तागाउँ डाडा युवा समाज नुवाकोटका युवाहरुले लकडाउनको समयमा बिपन्न परिवार तथा आधारभुत आवस्यकता पूरा गर्न कठिन भएको परिवारहरुलाइ राहत बितरण गरेको छ ।

तागाउ डाँडा नुवाकोटका युवाहरुले राहात बितरण गर्दै

गाउँले न्युज, – काठमाडौं,
स्थानिय सरकारले नगरेको काम गर्दै तागाउँ डाडा युवा समाज नुवाकोटका युवाहरुले लकडाउनको समयमा बिपन्न परिवार तथा आधारभुत आवस्यकता पूरा गर्न कठिन भएको परिवारहरुलाइ राहत बितरण गरेको छ ।

शिवपुरि गाउँपालिका-१ (साबिक तलाखु-७) तागाउमा स्थायी घर भइ हाल स्वदेश तथा बिदेशमा रहेको युवा साथीहरु मिलेर ११ घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गरेको राहत बितरण समुहका एक सदस्य सञ्जय तामाङले जानकारी दिनुभयो । प्रत्येक घर परिवारलाइ २ बोरा चामल,५ प्याकेट नुन,५ केजि दाल,स्यानीटाइजर तथा साबुन बितरण गरेको जानकारी गर्नु भयो ।दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाइ यस लकडाउनको समयमा आर्थिक समस्याका कारण आधारभूत आवस्यकता पूरा गर्न गार्‍हो भएको परिवार हेरेर राहत बितरण गरेको बताउनु भयो।

लकडाउन भएको २ महिना बितिसक्दा पनि यस वडामा स्थानिय सरकार तथा कुनै पनि संघ सस्था,राजनितिक दलबाट सहयोग नभएको स्थानियको गुनासो छ।

माप्य दुधकोशीको राहत शनिबारबाट वितरण, वडा नंबर ७ बाट सुरु

नुवाकोटमा राहत तथा स्वास्थ्य सामग्री बितरण नभएको स्थानियको गुनासो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ