Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

कुलपूजा रोक्न प्रहरी चौकी गोलीले सूचना जारी गर्‍यो

  • admin
  • शुक्रबार, बैशाख १९, २०७७
कुलपूजा रोक्न प्रहरी चौकी गोलीले सूचना जारी गर्‍यो

 

 

सोलुखुम्बु – अस्थायी प्रहरी चौकी गोली, सोलुखुम्बुले लकडाउनलाई ध्यानमा राख्दै लिखुपिके गाउँपालिका वडा नम्बर २ मा हुन लागेको सूचना जारी गरेको छ ।

प्रहरी चौकी गोली, सोलुखुम्बुले लकडाउनलाई ध्यानमा राख्दै लिखुपिके गाउँपालिका वडा नम्बर २ मा हुन लागेको कुलपूजा रोक्न सूचना जारी गरेको छ ।

वडा नम्बर २ का बस्नेत, खड्का, र अन्य जातजातिले बैशाख २१ देखि २५ सम्म कुलपूजा समापन गर्ने भन्ने खबर सुन्नमा आइको भन्दै यस्तो कार्यक्रम तत्काल रोक्न प्रहरी चौकीले सूचना जारी गरेको हो । यस्ता कार्यक्रम गर्दा लक डाउनको उल्लङ्घन हुने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको बैशाख १६ गतेको निर्णय अनुसार यस्ता कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ