Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

के तपाईं पैसा बचाउन सक्नु हुन्न ? अप्नाउनुस् यी उपाय

के तपाईं पैसा बचाउन सक्नु हुन्न ? अप्नाउनुस् यी उपाय

गाउले न्युज, तपाईंले आफुले कमाएको पैसा कती बचत गर्नुहुन्छ ? कमाएको पैसा सबै खर्च गरेर हैरान हुनुहुन्छ ? केहीले धेरै प्रयासबाट आफूले कमाएको पैसा जोगाउन सक्छन् । तर केही व्यक्ति भने पैसा जोगाउन नसकेर हैरान नै भएका छन् ।
आज हामीले पैसा कसरी बचाउने भन्ने विषयमा चर्चा गर्छौँ । जुन कुराले तपाईंलाई सहयोग गरोस् ।
पैसा बचाउने कुरा पनि एक प्रकारको कला हो । धेरै व्यक्तिले आफूले पैसा बचाउन नसकेको भन्दै गुनासो गर्छन् । पैसा बचाउन नसक्ने समस्या भएमा कुनै पनि योजनामा सफल हुन समस्या हुन्छ ।
तपाईंको पनि कमाएको सबै पैसा खर्च गर्ने वा बचत नगर्ने समस्या छ भने विभिन्न उपायको अवलम्वन गर्न सक्नु हुन्छ ।

खर्चको सूची बनाउनुस्

तपाईंले ससानोदेखि ठूलोसम्म खर्च गर्ने शीर्षक बनाउनुस् । यसले तपाईको आम्दानी र खर्चबीचको सन्तुलन कायम गर्छ ।

ठूलो खर्चहरु घर बनाउन, कार खरिद गर्न, बालबालिकाको पढाइलगायतका शीर्षक जब तपाईंले लेख्नुहुन्छ तब खर्च कटौती सुरु हुन्छ ।

कार्डको प्रयोग कम गर्नुस्

क्रेडिट कार्ड वा एटिएम कार्डको माध्यमबाट पैसा खर्च गर्न रोक्नुपर्छ । सबै प्रकारका खर्च गर्ने कार्डबाट थाल्नु भएको छ भने त्यो कुरा नियन्त्रण गर्नुस् ।

एक महिनामा आफूले बनाएको योजनाअनुसार खर्च गर्नुस् अर्को महिना स्वत तपाईं बचत तर्फ उन्मुख हुन थाल्नु हुन्छ ।

कर्जा नराख्नुस्

आफूले कुनै पनि प्रकारको कर्जा लिने र दिने काम नगर्नुस् । तपाईंले कसैसँग कर्जा लिनु भएको छ भने त्यो तत्काल भुक्तान गर्नुस् र आफूले दिएको कर्जा पनि माग्न थाल्नुस् ।

ठूलो काम गर्नु पहिले कर्जा भुक्तान गरेरमात्र खर्चगर्न थाल्नु भयो भने तपाईंलाई समस्या पर्दैन ।

आपतकालिन कोष बनाउनुस्

बचतका लागि तपाईंले आपतकालिन कोष बनाएर योजना बनाउन पनि सक्नु हुन्छ । त्यस्तो अवस्थामा यो कोष आवश्यक पर्छ जब तपाईंसँग अन्तिम विकल्प होस् । यस्तो कोषले तपाईंलाई अन्तिम अवस्थामा साथ दिन्छ ।

पैसा बचाउनका लागि योजनाअनुसार आफूलाई अगाडि बढाउनुस् । खर्च कसरी र किन गर्ने भन्ने कुराको एक पटक समिक्षा गर्नुभयो भने पनि धेरै खर्च कटौती हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ