Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

बुक्स राईटिङ नेपालको ‘लेखकसँगै यात्रा लमजुङ, घलेगाउँ–भुजुङ्ग’

बुक्स राईटिङ नेपालको ‘लेखकसँगै यात्रा लमजुङ, घलेगाउँ–भुजुङ्ग’

नेपालमा व्यवसायीक रुपमा राम्रो लेखन सेवा प्रदान गरिरहेको संस्था बुक्स राइटिङ नेपाल प्रा.लि र ट्राभल, ट्रेकिङको क्षेत्रका भरपर्दाे, क्वालिटी सेवा दिइरहेको सँस्था डेभलपमेन्ट टुरिजमको सहकार्यमा राजधानी देखी १२२ कि.मी उत्तर–पश्चिममा रहेको प्रकृति, सँस्कृति, जीवनशैली र इतिहासको धनी ठाउँ लमजुङ–घलेगाउँ, भुजुङमा ०७६/०५/२७ बाट २९ सम्म तीन दिने ट्राभलग टुर अर्गनाइज गर्ने भएको छ ।

यसै पनि घुम्ने रहर कसको पो नहोला र ? नेपालीहरुमा पनि अहिले घुम्ने सँस्कारको विकास निरन्तर बढिरहेको छ । दुई चार साथीभाईको मन मिले हाइकिङ शुरु भइहाल्छ । साहसिक यात्राको लागि सोलो ट्राभलर्सहरुको पनि कमी छैन । हामी सबै सोसियल मिडियामा फोटो पोष्ट गरेर या डायरी लेखेर कुनै न कुनै माध्यमबाट यात्रालाई रोमाञ्चक बनाउन र पछि सम्म सम्झनामा राख्न चाहन्छौं । यही कुरालाई ध्यानमा राख्दै बुक्स राईटिङ नेपालले यात्रा पारखीहरुको लागि वरिष्ठ, लोकप्रिय लेखकहरुसँग सँगै घुम्ने र यात्राका अविष्मरणीय किस्सा (नियात्रा) लाई फिल्डमै लेख्न सिक्ने, सिकाउने गरी टुर राईटिङ कार्यक्रमको कन्सेप्ट अगाडी सारेको छ ।

विशेषत ः बायोग्राफी लेखन, स्क्रिप्ट लेखन, प्रोपोजल लेखन, ट्राभर्स सेटिङ, बायोपिक, ट्रान्सलेशन र किताब छपाईको सेवा दिइरहेको बुक्स राईटिङ नेपालले विशुद्ध नयाँ कन्सेप्ट सहित “टुर राईटिङ” कार्यक्रम लञ्च गरेको हो । यसमा डेभलपमेन्ट टुरिजमको साथ प्रत्यक्ष रुपमा जोडिएको छ । लेखन सेवाका अलावा हरेक सेशनको व्यवस्थापन ट्राभल, ट्रेकिङको क्षेत्रमा राम्रो अनुभव भएको सँस्था डेभलपमेन्ट टुरिजमले लिएको छ ।

अहिले अत्यन्तै लोभलाग्दो इन्क्वायरीहरु पाइरहेका छौं । हामीसँग घुम्न इच्छुक थुपै व्यक्तिहरु प्रत्यक्ष–अप्रत्यक्ष रुपमा हामीसँग जोडिने क्रम जारी छ । सोलुखुम्बु, बन्दीपुर, रारा, सौराहा लगायतका ठाउँहरुबाट सरोकारवाला निकाय र होटल व्यवसायीहरुबाट पनि सहकार्यको लागि प्रस्तावहरु आइरहेका छन् । हामी धर्तीकै स्वर्ग, हाम्रो देश नेपालभित्रका फरक–फरक सुन्दर ठाउँहरुमा यसरी नै निरन्तर तपाईहरुलाई लेखकको साथमा पु¥याइरहनेछौ । कम्तिमा, हामी २५ सेसन सफलता पूर्वक सम्पन्न गर्ने लक्ष्य लिएर यो प्रोजेक्ट लञ्ज गरेका छौं । पर्यटन वर्ष २०२० मा लेखनको क्षेत्रबाट पनि सक्ने टेवा पु¥याउने हाम्रो उद्देश्य हो, बुक्स राईटिङ नेपालका चिफ एक्जुकेटिभ डिरेक्टर विनोद कुलुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ