Gaule News
बुधबार, अशोज ७, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

पर्यटन विभागले आफ्नो मातहतका २२ हजार व्यवसायको जिम्मेवारी प्रदेशलाई दिए

पर्यटन विभागले आफ्नो मातहतका २२ हजार व्यवसायको जिम्मेवारी प्रदेशलाई दिए

गाउँले न्युज, १० भदौ, काठमाडौं । पर्यटन विभागले आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख प्रदेशलाई हस्तान्तरण गरेको छ ।

आज (मंगलबार) राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका छन ।

पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब विभागले गर्दै आएको दर्ता, नविकरण, अनुगमन, मूल्यांकनजस्ता प्रशासकीय काम अब प्रदेश मातहत गएको छ ।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकारक्षेत्र भित्रै रहेर विभागले गर्दै आएका काम प्रदेश सरकारहरुसमक्ष हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले बताए ।
हस्तान्तरण भएर गएका व्यवसायको काम १ असोजबाट कार्यान्वयन हुने भएको छ । प्रदेशमा यी अभिलेख अब उद्योग, पर्यटन, वन तथा वातावरण मातहत संचालन हुने छन् ।
विभागले आफू मातहत रहेका देशका विभिन्न ७ पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । विभागका अनुसार कार्यालयले प्रदेश मातहत रहि काम थालिसकेका छन् । कांकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), विरजंज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) बाट साविकमा भइरहेका काम प्रदेश तहमा हस्तान्तरण भएको विभागले जानकारी दिएको छ ।

पर्यटनका कुन कुन व्यवसाय प्रदेशमा पुगे ?

पर्यटकस्तरीय होटेल : ३६१

होमस्टे : ९२

र्‍याफ्टििङ एजेन्सी : ८५

ट्राभल एजेन्सी : ३२६२

ट्रेकिङ एजेन्सी : २४१७

रिभर गाइड : २१४

ट्रेकिङ पोटर गाइड : १७२

पर्यटन यातायात सेवा : ७९

ट्रेकिङ गाइड : १२९८१

टुरिष्ट गाइड : २७०१

अब प्रदेशबाट के के काम हुनेछ ?

ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरणलगायत कार्य
ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण लगायत कार्य
पर्यटक यातायात सेवा सञ्चालन इजाजत पत्र जारी तथा नवीकरण
र्‍याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण
पर्यटक स्तरीय होटेल इजाजत पत्र जारी तथा नवीकरण
होमस्टे इजाजत पत्र जारी तथा नवीकरण
टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको इजाजत पत्र जारी र नविकरण
विभागको सहजीकरण

विभागले गरिरहेको काम तल्लो तहमा जाँदा पर्यटनको विभागको कार्यबोझ निकै घटेको छ । विभागले आगामी दिनमा तल्ला सरकारहरुलाई आवश्यक सहयोग गर्नुका साथै नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्ने भएको छ ।

यसबाहेक पर्वतारोहणको अनुमति, ठूला होटेल/रिसोर्ट/क्यासिनोको दर्ता, नविकरणलगायतको काम पनि विभाग मातहत नै रहने गर्छ ।

sourse:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ